यातायात र मालपोत कार्यालय सुर्खेतबाट १६ जना बिचौलिया पक्राउ

सुर्खेत । सुर्खेत प्रहरीले सार्वजनिक सेवा प्रवाहमा अवरोध पुर्‍याउने कार्यमा संलग्न १६ जना बिचौलियालाई पक्राउ गरेको छ। बिहीबार बिहान करिब ११:३० बजे वीरेन्द्रनगरस्थित यातायात व्यवस्था कार्यालय र मालपोत कार्यालयबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाका अनुसार, उनीहरुले सेवाग्राहीको सवारी दर्ता किताब (बिलबुक) नवीकरण गरिदिन्छु, जग्गा नामसारी तथा भू– सेवाका कार्य गरिदिन्छु भनी रकम लिइ बिचौलियाको काम गरिरहेका थिए ।

यातायात व्यवस्था कार्यालय सुर्खेतबाट
. जिल्ला सुर्खेत वीरेन्द्रनगर न.पा.१ प्रगतिशील टोल बस्ने वर्ष ३६ को दीपक बहादुर बि.क.
. ऐ. ३ बस्ने वर्ष ६२ को इन्द्र बहादुर शाही
. ऐ. १२ बस्ने वर्ष ३३ को प्रदिप खड्का
. ऐ.लेकवेशी नगरपालिका ३ बस्ने वर्ष ३७ को रमेश दमाई
. ऐ.बि.न.पा. ५ बस्ने वर्ष २८ को हरिप्रसाद देवकोटा
. ऐ.१० बस्ने वर्ष ३२ को प्रभाकर शर्मा गौतम

मालपोत कार्यालय सुर्खेतबाट
. ऐ.११ बस्ने वर्ष ३२ कि रोशमी तिवारी
. ऐ. ३ बस्ने वर्ष २५ कि लक्ष्मी शाही
. ऐ.१२ बस्ने वर्ष ३८ कि कुसुम बुढा क्षेत्री।
. ऐ.३ बस्ने वर्ष ३४ कि पार्वती योगी
. ऐ.५ बस्ने वर्ष ३५ कि पवित्रा न्यौपाने
. ऐ.११ बस्ने वर्ष ३१ कि दुर्गा शाही
. ऐ.६ बस्ने वर्ष २३ कि सम्झना योगी
. ऐ.११ बस्ने वर्ष १८ कि रोशनी शाही
. ऐ.६ बस्ने वर्ष ३८ कि निर्मला योगी
. ऐ.११ बस्ने वर्ष २० की गीता सुनार

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *