काठमाडौं। नेपाली बजारमा सुनको मूल्य तीन हजार ६०० रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बुधबारको बजारमा सुन प्रतितोला दुई लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, यस दिन बजारमा चाँदी प्रतितोला चार हजार ७८० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बुधबारको बजारमा चाँदी प्रतितोला चार हजार ९४५ रुपैयाँमा खरिदबिक्री भएको थियो।
Artha Sanjal






