सोपान फर्मास्युटिकल्सले वैशाख २ देखि सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने

काठमाडौं। सोपान फर्मास्युटिकल्सले आगामी वैशाख २ देखि सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बाँडफाँट गरेपछि सर्वसाधारणलाई खुलाउन लागेको हो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ४२ लाख ९० हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। हिलो चरणमा ४ लाख २९ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरी बाँडफाँट गरेको हो।

२ लाख १४ हजार ५०० कित्ता सामूहिक लगानी कोष र १ लाख ७१ हजार ६०० कित्ता कम्पनीमा कार्यरत कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेको ३४ लाख ७४ हजार ९०० कित्ता सर्वसाधारणका लागि निष्कासन गर्नेछ।

सर्वसाधारणले यो आईपीओमा आवेदन दिंदा न्यूनतम १० कित्ता र अधिकतम ११ हजार कित्तासम्म माग गर्न सक्नेछन्। आवेदन दिने अन्तिम मिति वैशाख ६ सम्म रहनेछ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल हो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *