नेप्सेमा चार कम्पनीको बोनस सेयर सूचीकृत

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा चार कम्पनीको बोनस सेयर सूचीकृत भएको छ।

नेप्सेका अनुसार युनिभर्सल पावर कम्पनी को ९ प्रतिशत बोनसबापत २० लाख ५१ हजार ९३६ कित्ता, एनएलजी इन्स्योरेन्स कम्पनी को ४ प्रतिशत बोनसबापत १० लाख २६ हजार कित्ता, विन्ध्यावासिनी हाइड्रोपावर को ५ प्रतिशत बोनसबापत ५ लाख ६४ हजार कित्ता र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स को २० लाख ४१ हजार कित्ता बोनस सेयर सूचीकृत गरिएको हो।

सूचीकृत यी सेयर आजदेखि दोस्रो बजारमा कारोबारका लागि उपलब्ध हुने नेप्सेले जनाएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *