काठमाडौं। जेनजी आन्दोलन जाँचबुझ प्रतिवेदनका आधारमा पक्राउ परेका पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली रिहाइको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन पेस भएको छ ।
गैरकानूनी पक्राउ गरी थुनामा राखिएको भन्दै ओलीको हकमा उनको पत्नी राधिका शाक्यले बन्दी प्रत्यक्षीकरण निवेदन पेस गरेकी छिन् । सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेका अनुसार बन्दीप्रत्यक्षीकरण निवेदन पेस भए पनि अध्ययनको क्रममा रहेको छ । आज निवेदन दर्ता भयो भने भोलि सुनुवाइ हुनेछ ।
Artha Sanjal






