रवि लामिछानेको मुद्दा हेर्दाहेर्दैमा, आइतबार सुनुवाइ हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । सर्वोच्च अदालतमा बिहीबार पनि बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । यससँगै आइतबार फेरि सुनुवाइ हुनेछ।

लामिछानेमाथि सहकारी ठगीसँगै दायर भएको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको अभियोगपत्र फिर्ताविरुद्धको रिटमा आइतबार फेरि सुनुवाइ हुने भएको हो ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र अव्दुल अजीज मुसलमानको इजलासमा सोमबारदेखि सो रिट हेर्दाहेर्दैमा राखेर सुनुवाइ भइरहेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *