काठमाडौं । सुपर खुदी हाइड्रोपावरको आईपीओ आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ।
नेप्सेको नियमअनुसार कुनै पनि कम्पनीको आईपीओ सूचीकृत भएको दोस्रो दिनबाट दोस्रो बजारमा कारोबार सुरु हुने व्यवस्था छ। सोही व्यवस्थाअनुसार सुपर खुदी हाइड्रोपावरको शेयर भोलिदेखि कारोबारमा आउनेछ।
कम्पनीको कुल १ करोड ५५ लाख कित्ता शेयर सूचीकृत भएको छ। यसमध्ये ३१ लाख कित्ता (२० प्रतिशत) सर्वसाधारणका लागि र १ करोड २४ लाख कित्ता (८० प्रतिशत) संस्थापक समूहका लागि छुट्याइएको छ।
पहिलो कारोबारका लागि नेप्सेले कम्पनीको शेयर मूल्य प्रतिकित्ता न्यूनतम १०० रुपैयाँदेखि अधिकतम ३०० रुपैयाँसम्म तोकेको छ।
अब भोलि स्पेसल प्रिसेसनमा यो कम्पनीको शेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमित सत्रका लागि कारोबारमा आउनेछ।
सुपर खुदी हाइड्रोपावरले गत फागुन ५ गतेदेखि ११ गतेसम्म सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको थियो। आईपीओ बाँडफाँट भने फागुन १७ गते गरिएको थियो।






