काठमाडौं। सालमनीदेवी हाइड्रोपावर लिमिटेडले साधारण शेयर निष्काशनका लागि लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।
कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि १०० रुपैयाँ अंकित दरका ८ लाख ५० हजार कित्ता तथा सर्वसाधारणका लागि सोही दरका ८ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन गर्ने जनाएको छ।
उक्त सम्बन्धमा भएको सम्झौतापत्रमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठ र सालमनीदेवी हाइड्रोपावर लिमिटेडका तर्फबाट सञ्चालक पेरश दाहालले हस्ताक्षर गरेका छन्।
सालमनीदेवी हाइड्रोपावर लिमिटेडले डोटी जिल्लामा ३.३३ मेगावाट क्षमताको कापडीगाड जलविद्युत् आयोजना निर्माण गरी २०७६ सालदेखि व्यावसायिक उत्पादन गर्दै आएको छ।
Artha Sanjal






