काठमाडौं । धरहरा सञ्चालनमा आएको १५ महिनामा ११ करोड ७ लाख रुपैयाँ राजस्व संकलन भएको छ । चालु आर्थिक वर्षको फागुनसम्म मात्र ५ करोड ९५ लाख रुपैयाँ राजस्व उठेको धरहरा सञ्चालन तथा व्यवस्थापन इकाइले जनाएको छ।
इकाइ प्रमुख महेश राई (एमटेन) का अनुसार अहिलेसम्म ६ लाख ५ हजार ३ सय ९१ जनाले धरहराको अवलोकन गरिसकेका छन्।
साताभर नै धरहरा खुला हुने गरेको छ । धरहरा अवलोकन गर्न चालु आर्थिक वर्षको फागुनसम्म ३ लाख ३० हजार ३ सय ९१ जना आएको राईको भनाइ छ । गत आर्थिक वर्षमा भने २ लाख ७५ हजार पर्यटकले धरहरा अवलोकन गरेका थिए ।
२०७२ सालको भूकम्पले धरहरा भत्किएको थियो । यसको पुनर्निर्माणपछि ९ मंसिर २०८१ बाट सर्वसाधारणका लागि खुला गरिएको थियो ।
Artha Sanjal






