नेप्सेमा सिद्धार्थ बैंकसहित ६ कम्पनीको बोनस सेयर सूचीकृत

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सिद्धार्थ बैंकसहित ६ कम्पनीले बोनस सेयर सूचीकृत गराएका छन्।

नेप्सेमा सिद्धार्थ बैंकको ५ प्रतिशत बोनसबापत ७० लाख ४४ हजार ९९० कित्ता, नेपाल एसबिआई बैंकको ४ प्रतिशत बोनसबापत ४३ लाख ५९ हजार ६६३ कित्ता, माउन्टेन इनर्जी नेपालको २० प्रतिशत बोनसबापत ५२ लाख ५ हजार ४३१ कित्ता, साना किसान विकास लघुवित्तको १४ दशमलव २५ प्रतिशत बोनबापत ६१ लाख ४५ हजार ४८५ कित्ता बोनस सेयर सूचीकृत भएको हो।

यस्तै, कालिञ्चोक दर्शनको ५ प्रतिशत बोनश वापत ३ लाख कित्ता, नेसनल लाइफ इन्स्योरेन्सको ४ प्रतिशत बोनसबापत २१ लाख ८९ हजार ९५ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ। सूचीकृत सेयर आजदेखि कारोबारमा आउनेछ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *