खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा हेलिकोप्टर दुर्घटनामा परेको छ। काठमाडौंबाट शव बोकेर गाउँ पुगेको हेलिकोप्टर अवतरण गर्ने क्रममा दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले जानकारी दिइन्।
प्राप्त जानकारी अनुसार दुर्घटनामा मानवीय क्षति भएको छैन। गाउँपालिका अध्यक्ष समिर राईका अनुसार बारीको डिलमा अवतरण गर्ने क्रममा हेलिकोप्टर असन्तुलित भई दुर्घटनामा परेको हो। घटनाको थप विवरण आउन बाँकी छ।
Artha Sanjal






