वाणिज्य विभागबाट २० फर्ममा अनुगमन, तीनवटालाई ३० हजार जरिवाना

काठमाडौं। खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको कारोबारमा कानुन विपरितका गतिविधि गरेको अभियोगमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन कम्पनीलाई जरिवाना गरेको छ।

विभागले स्थलगत अनुमगनको क्रममा कानुन विपरितका गतिविधि गरेको अभियोगमा महालक्ष्मी नगरपालिका–७ चांगाथलीस्थित एकताग्राम स्टोरलाई २० हजार जरिवाना गरेको छ।

यस्तै किराना घर टे«ड एन्ड सप्लायर्स काठमाडौँ बबरमहल र गणपति टे«ड सप्लायर्स बबरमहललाई समान पाँच हजार जरिवाना गरेको छ।

विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारबाही गरिएको स्पष्ट पारेको छ ।

विभागले थप १९ फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ। पछिल्ला दिनमा विभागले गैरकानुनी कारोबार नियन्त्रण गर्न निरन्तर विभागले अनुमगन गरिरहेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *