काठमाडौं । इरानी नागरिकहरूलाई नेपाल आउँदा आगमन प्रवेशआज्ञा (अनअराइभल भिसा) नदिने निर्णय गरिएको छ । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार, अब नेपाल आउन चाहने इरानी नागरिकले विदेशस्थित नेपाली दूतावासबाट भिसा लिएर मात्र प्रवेश गर्न सक्नेछन्।
इरानमा देखिएको तनावका कारण इरानी नागरिकहरू नेपाल आउने क्रम बढेपछि गृह मन्त्रालयले सुरक्षाको कारण देखाउँदै यस्तो निर्णय गरेको बताइएको छ । कूटनीतिक र अफिसियल राहदानी बाहक इरानी नागरिकलाई भने कुनै रोकावट हुँदैन ।







