म्यानमारको अवैध स्क्यामिङ केन्द्रबाट तीन नेपालीको उद्धार, जहाजमार्फत फर्काइयो नेपाल

काठमाडौं। थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले म्यानमारको स्क्यामिङ केन्द्रबाट तीन नेपालीको उद्धार गरेको छ। उद्धार गरिएका तीनै जनालाई स्वदेश फिर्ता पठाइएको बैंककस्थित नेपाली दूतावासले जनाएको छ।

‘विभिन्न प्रलोभनमा परी विभिन्न माध्यमबाट म्यानमारमा पुगी अवैध रूपमा सञ्चालन भएका अनलाइन स्क्यामिङ केन्द्रमा विभिन्न काममा लगाइएका तीन नेपाली नागरिकलाई नेपाली दूतावासले म्यानमार तथा थाइल्यान्डका सम्बन्धित निकायको समन्वय र सहयोगमा म्यानमारको म्यावडीबाट उद्धार गरी थाइल्यान्डबाट नेपाल एयरलाइन्सको उडान नम्बर आरए ४०२ मार्फत नेपाल फर्काइएको छ,’ नेपाल दूतावासले बुधबार जारी विज्ञप्तिमा उल्लेख छ।

दूतावासले नेपाल सरकारले तोकेका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान अनुरोध गरेको छ। कसैको प्रलोभनमा परी छिटो र धेरै पैसा कमाउने लोभले कम्वोडिया, लाओस, म्यानमार थाइल्यान्ड लगायतका मुलुकहरूमा भ्रमणको बहाना गरी वैदेशिक रोजगारीमा नआउन पनि दूतावासले आग्रह गरेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *