काठमाडौं । समानुपातिक तर्फको मतगणना सकिएको छ । निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले समानुपातिक तर्फको मतगणना सकिएको जानकारी दिए ।
उनका अनुसार अब दलहरूले कति मत पाए भनेर त्यसको सिट बाँडफाँडको काम अगाडि बढ्नेछ ।
आयोगले आफ्नो वेबसाइटमा अपडेट गरेको पछिल्लो समानुपातिक मत अन्तर्गत एक करोड सात लाख ३९ हजार एक सय १५ मत गणना भइसकेको छ । पुरै अपडेट गर्दा यो अङ्कमा केही घटबढ हुनेछ ।
हाल आयोगले राखेको तथ्याङ्क अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५१ लाख ३९ हजार २३५ मत पाएको छ ।
कांग्रेसले १७ लाख ४९ हजार ५८३, नेकपा (एमाले) ले १४ लाख ४८ हजार ८५४, नेपाली कम्युनिस्ट पार्टीले आठ लाख पाँच हजार ७५३, श्रम संस्कृति पार्टीले ३ ला ७८ हजार ६४९ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २९ हजार ४७२ मत पाएको छ ।
Artha Sanjal






