ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

काठमाडाैं । नेपाल आयल निगमले बजारमा देखिएको एलपी ग्यास अभाव नियन्त्रण गर्न ग्यास उद्योगीलाई नयाँ निर्देशन दिएको छ। अब उद्योगहरूले दैनिक रूपमा कुन विक्रेतालाई कति ग्यास पठाइयो भन्ने विवरण निगममा बुझाउनुपर्नेछ।

निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार आपूर्तिमा समस्या नभए पनि वितरण प्रणाली सुधार गर्न यस्तो व्यवस्था गरिएको हो। ग्यास विक्रेताले पनि कसलाई ग्यास बिक्री गरियो भन्ने विवरण फोन नम्बर सहित अभिलेख राख्नुपर्नेछ।

निगमले घरायसी प्रयोजनलाई पहिलो प्राथमिकता दिन र व्यावसायिक प्रयोजनमा पठाइएको ग्यासको छुट्टै रेकर्ड राख्न निर्देशन दिएको छ। यस व्यवस्थाले बजारमा देखिएको कृत्रिम अभाव हट्ने र उपभोक्ताले सहज रूपमा ग्यास पाउने निगमको दाबी छ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *