हिमालयन पावर पार्टनरलाई हकप्रद निष्कासन अनुमति

काठमाडौं। हिमालयन पावर पार्टनरले नेपाल धितोपत्र बोर्डबाट हकप्रद सेयर निष्कासन अनुमति पाएको छ।

बोर्डले कम्पनीलाई हाल कायम चुक्तापुँजीको १ अर्ब ६ करोड ५४ लाख १७ हजार रुपैयाँको १ः०.५ को अनुपातमा अर्थात् १०० रुपैयाँ अंकित दरको हकप्रद सेयर जारी गर्न अनुमति दिएको हो।

कम्पनीले ५३ करोड २७ लाख ८ हजार ५०० रुपैयाँबराबरको हकप्रद सेयर जारी गर्नेछ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ५३ लाख २७ हजार ८५ कित्ता सेयर जारी गर्नेछ।

हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी १ अर्ब ५९ करोड ८१ लाख २५ हजार ५०० रुपैयाँ पुग्नेछ।

कम्पनीको हकप्रद बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *