जाँचबुझ आयोगले आज प्रतिवेदन बुझाउँदै

काठमाडौं । जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगले आज जाँचबुझ प्रतिवेदन बुझाउन लागेको छ ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले आइतबार ११ बजे प्रतिवेदन बुझाउन लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले बताए ।

आयोगका पदाधिकारीहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाउन लागेका हुन् ।

असोज ५ मा सरकारले भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न आयोग गठन गरेको थियो । आयोगमा पूर्व एआईजी विज्ञानराज शर्मा र कानुन व्यवसायी विश्वेश्वर भण्डारी सदस्य छन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *