आगामी बजेटका लागि मन्त्रालयमा सिलिङ पठाइयो, आकार करिब १९ खर्ब हुने संकेत

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीलाई तीव्रता दिएको छ ।

अर्थ मन्त्रालयले फागुन १५ गते सबै मन्त्रालयलाई बजेट सिलिङ पठाएको जनाएको छ ।

राष्ट्रिय योजना आयोगले आगामी बजेटको आकार करिब १९ खर्ब रुपैयाँ हाराहारीमा राख्न सुझाव दिएपछि सोही आधारमा सिलिङ पठाइएको मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले बताए ।

उनका अनुसार आयोगसँग समन्वय गरेर बजेटको समयतालिका तय गरिनेछ ।

चैत्रको पहिलो सातासम्म मन्त्रालयहरूले आफ्नो प्रस्तावित कार्यक्रम र खर्चको सीमा अर्थ मन्त्रालयमा बुझाइसक्ने लक्ष्य छ ।

त्यसपछि पुँजीगत खर्च र विकास कार्यक्रमबारे आयोगसँग विस्तृत छलफल गरी बजेट लेखन अघि बढाइने जनाइएको छ ।

आयोगले फागुन ५ गते सिलिङसम्बन्धी प्रतिवेदन अर्थ मन्त्रालयलाई बुझाएको थियो ।

आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले बजेटको अन्तिम आकार नयाँ सरकारले आवश्यकताअनुसार तय गर्ने स्पष्ट पारे ।

यसैबीच, राजस्व नीतिसम्बन्धी सुझाव संकलन गर्न अर्थमन्त्री रामेश्वरप्रसाद खनालले राजस्व परामर्श समिति गठन गरेका छन् ।

समितिले आयकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्कलगायत कर प्रणाली सुधारका विषयमा सुझाव दिनेछ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *