दुर्गा प्रसाईद्वारा सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफ्नो पक्राउविरुद्ध सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता गराएका छन् ।

भक्तपुरस्थित निवासबाट सुरक्षाकर्मीले पक्राउ गरेपछि प्रसाईंका तर्फबाट अधिवक्ता सुरेश बोहराले रिट दर्ता गराएका हुन् । उक्त रिटको सुनुवाइ फागुन १९ गतेका लागि पेसी तोकिएको छ ।

आइतबार जिल्ला प्रशासन कार्यालय भक्तपुरले प्रसाईंलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो । यसअघि विद्युतीय अपराधसम्बन्धी मुद्दामा पक्राउ परेका प्रसाईं माघ २५ गते हाजिर जमानीमा रिहा भएका थिए । तर फागुन ४ गते पुनः पक्राउ परेका उनीमाथि निर्वाचन बिथोल्ने गतिविधिमा संलग्न रहेको आरोप प्रहरीले लगाएको थियो ।

यसअघि सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको इजलासले फागुन १३ गते उनलाई रिहा गर्न आदेश दिएको थियो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *