आईपीओ निष्कासन गर्न दुई कम्पनीले पाए बोर्डबाट अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले याम्बलिङ हाइड्रोपावर र सोपान फर्मास्युटिकल्स लाई आईपीओ निष्कासन गर्न अनुमति दिएको छ।

अब याम्बलिङ हाइड्रोपावरले २८ करोड रुपैयाँबराबरको आईपीओ जारी गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २८ लाख कित्ता आईपीओ बिक्री गर्नेछ। कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।

यसैगरी सोपान फर्मास्युटिकल्सले ४२ करोड ९० लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४२ लाख ९० हजार कित्ता आईपीओ बिक्री खुला गर्नेछ। कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *