काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले फागुन १६ गतेभित्र काठमाडौँमा उपस्थित हुन देशभरका सर्वसाधारणलाई अपिल गरेका छन् । राजपरिवारका सदस्यहरु स्वयम् सडकमा उत्रिने तयारीमा रहेको उनको दावी छ ।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै प्रसाईंले यस्तो दावी गरेका हुन् । उनले लेखेका छन्, ‘राजपरिवारका सदस्यहरु स्वयम् अब राष्ट्रको रक्षा, धर्मको संरक्षण तथा सम्पूर्ण नेपाली नागरिकको हितका लागि सडकमा उत्रने तयारीमा रहनु भएको जानकारी गराउँदै, सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई यही फाल्गुन १६ गतेभित्र काठमाडौँमा उपस्थित भइ राष्ट्रलाइ युक्रेन हुन बाट जोगाउन हार्दिक आह्वान गर्दछौँ ।’
Artha Sanjal






