काठमाडौं । नवलपरासीका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले ठकुरीलाई कांग्रेस प्रवेश गराएर खादामालाले स्वागत गरे ।
नवलपरासी बर्दघाटको चौपतामा भएको चुनावी सभामा ठकुरी कांग्रेस प्रवेश गरेका हुन् ।
रास्वपाका संस्थापक जिल्ला सभापति ठकुरी पछिल्लो समय टिकट वितरणको विषयलाई लिएर असन्तुष्ट थिए ।
Artha Sanjal






