कालिन्चोक हाइड्रोपावरको आईपीओ निष्काशन तथा बिक्री खुला

कालिन्चोक हाइड्रोपावर लिमिटेडले फागुन १३ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन खुला गरेको छ।

कम्पनीले जारी पूँजी ५५ करोड रुपैयाँको २५ प्रतिशत अर्थात् १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता सेयर निष्कासन गर्न अनुमति पाएको थियो। त्यसमध्ये ५ लाख ५० हजार कित्ता सेयर दोलखा जिल्लाको बिगु नगरपालिका–८ तथा कालिन्चोक गाउँपालिका–१ र २ का स्थानीय बासिन्दाका लागि छुट्याइएको छ।

यस्तै, सर्वसाधारणतर्फ छुट्याइने सेयरमध्ये ८२ हजार ५ सय कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिएको कम्पनीले जनाएको छ।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। स्थानीयतर्फको निष्कासन छिटोमा फागुन २७ गते र ढिलोमा चैत १३ गते बन्द हुनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छिटोमा फागुन १७ गते बन्द हुनेछ।

कम्पनीले सञ्चालन गरेको ५ मेगावाट क्षमताको साँगु (सोरुन) खोला जलविद्युत् आयोजनाको कुल लागत १ अर्ब २० करोड रुपैयाँ रहेको छ। आईपीओ निष्कासनको बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *