काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य उम्मेदवार बालेन्द्र शाह (बालेन)ले झापा क्षेत्र नम्बर ५ को सुकुमवासी समस्या एक हजार दिनमा समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।
सोमबार बालेनले सार्वजनिक गरेको झापा केन्द्रित बाचापत्रमा लेखिएको छ, ‘झापा ५ का भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासको समस्यालाई न्यायोचित र दिगो समाधान गर्न रास्वपा सरकार गठन भएको १०० दिनमा आयोग, १००० दिनमा समाधान नीति अवलम्बन गरी अधिकार सम्पन्न आयोग मार्फत समयसीमाभित्र कार्यसम्पन्न गरिनेछ ।’
बाँझो जमिनको सदुपयोग सुनिश्चित गर्दै जग चक्लाबन्दी तथा एकीकरण प्रवर्द्धनका लागि ल्यान्ड बैंकको व्यवस्था गर्ने पनि उनले बताएका छन् । ऐलानी जग्गासम्बन्धी उचित व्यवस्था एवं नक्सांकन अभिलेख नभएका जमिनहरूको नापी नक्सा अभिलेखीकरण कार्य सम्पन्न गर्ने पनि बालेनको वाचा छ ।







