शेयर बजारमा २७.५९ अंकको गिरावट, ६ अर्ब ६९ करोड कारोबार

काठमाडाैं। साताकाे पहिलाे काराेबारकाे दिन सेयर बजार दाहाेराे अंकले घटेकाे छ । नेप्से परिसूचक २७.५९ अंकले घटेर २६१४.५५ को विन्दुमा बन्द भएको छ ।

आज ३२५ कम्पनीको शेयर किनबेच हुँदा ६ अर्ब ६९ करोड माथिको शेयर कारोबार भएको छ । आज ३४ कम्पनीको शेयर मूल्य बढेको छ भने २२० कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै आँखुखोला जलविद्युत कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६३ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावर कम्पनीको ३७ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ । एसवाई प्यानलको ३१ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सालपा विकास बैंकका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । रिलाइनस स्पीनिङ मिल्सका लगानीकर्ताले ९.२६ प्रतिशतका दरले कमाएका छन् । कालिका लघुवित्तका लगानीकर्ताले ५.१७ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै बुद्धभूमि नेपाल हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले ८.९२ प्रतिशतका दरले गुमाएका हुन् ।

 

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *