दक्षिण कोरियामा नेपाली राजदूत तुम्बाहाङ्फेलाई ‘बेस्ट एम्बासडर’ अवार्ड

सउल । दक्षिण कोरियाका लागि नेपाली राजदूत डा शिवमाया तुम्बाहाङ्फेलाई कोरियामा ‘बेस्ट एम्बासडर अवार्ड २०२६’ प्रदान गरिएको छ।

दक्षिण कोरियामा रहेका विभिन्न देशका ११६ कूटनीतिक नियोग तथा दूतावासमध्ये तीन देशका राजदूतहरूलाई ‘2026 Best Ambassador Award’  कार्यक्रममा विशेष सम्मान गरिएको हो ।

सम्मानित हुने राजदूतहरूमा कोरियाका लागि नेपाली राजदूत महामहिम डा। शिवमाया तुम्बाहाङफे, पेरुका राजदूत तथा किर्गिस्तानका राजदूत रहेका छन्।

‘कोरिया कन्ज्युमर ब्रान्ड अवार्ड्स २०२६’ अन्तर्गत आयोजित कार्यक्रममा उनलाई उक्त सम्मान प्रदान गरिएको हो । कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्व तथा ब्रान्ड प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

आयोजकका अनुसार उपभोक्ता विश्वास, सामाजिक योगदान तथा कूटनीतिक सक्रियताका आधारमा विभिन्न विधामा अवार्ड प्रदान गरिएको हो ।

सोही क्रममा नेपाल र दक्षिण कोरियाबिचको सम्बन्ध सुदृढ गर्न खेलेको भूमिकालाई मूल्याङ्कन गर्दै राजदूत तुम्बाहाङ्फेलाई ‘बेस्ट एम्बासडर अवार्ड’ प्रदान गरिएको बताइएको छ ।

अवार्ड ग्रहण गर्दै राजदूत तुम्बाहाङ्फेले नेपाल–कोरिया सम्बन्धलाई अझ प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गरिन् । कार्यक्रममा कोरियन पक्षका उच्च प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो ।
नेपाल र दक्षिण कोरियाबिच श्रम, शिक्षा, व्यापार तथा सांस्कृतिक आदान–प्रदानका क्षेत्रमा सहकार्य विस्तार हुँदै आएको छ
Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *