काठमाडौं। सांग्रिला डेभलपमेन्ट बैंकले ३० हजार कित्ता संस्थापक सेयर बिक्री खुलाएको छ। बैंकले संस्थापक सेयरधनी मनोहर त्रिपाठीको नाममा रहेको ३० हजार कित्ता सेयर बिक्रीका लागि आवेदन खुलाएको हो।
सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।
तोकिएको अवधिभित्र आफूले खरिद गर्न चाहेको सेयर विवरण खुलाई बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्ने सूचनामा उल्लेख छ।







