माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा अख्तियारबाट मिसिल झिकाउने आदेश

काठमाडौं । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितको भ्रष्टाचार मुद्दामा विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट मिसिल झिकाउन आदेश दिएको छ।

अदालतले यसअघि अख्तियारले मुद्दा नचलाउने भन्दै तामेलीमा राखेको निर्णयसम्बन्धी फाइल मगाएको हो। फाइल आएपछि आउँदो माघ १४ गतेदेखि अर्को सुनुवाइ हुनेछ।

अख्तियारले पतञ्जलि जग्गा प्रकरणमा माधव नेपालसहित ९३ जनाविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ। तत्कालीन प्रधानमन्त्री रहेका नेपालले पदको दुरुपयोग गरी हदबन्दीभन्दा बढी जग्गा कारोबारको स्वीकृति दिएको आरोप छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *