निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाइन् मन्त्रीहरूसहितको बैठक

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचन, निर्वाचन आचारसंहिता तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्न मन्त्रीहरूसहितको बैठक बोलाएकी छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार अपराह्न ४ बजे बस्ने उक्त बैठकमा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित रूपमा सम्पन्न गर्ने विषयमा विस्तृत छलफल हुने जनाइएको छ।

बैठकमा निर्वाचन व्यवस्थापन, आचारसंहिताको पालना तथा सरकारको भूमिकाबारे सरोकारवालाबीच विचार–विमर्श गरिनेछ।

निर्वाचन कार्यतालिकाअनुसार मंगलबार प्रत्यक्षतर्फका उम्मेदवारको मनोनयन दर्ता गर्ने मिति तोकिएको छ। तर राजनीतिक दलहरूले उम्मेदवार छनोट तथा आन्तरिक व्यवस्थापनमा कठिनाइ भएको जनाउँदै मनोनयन दर्ताको मिति केही दिन सार्न निर्वाचन आयोगसमक्ष अनुरोध गरिरहेका छन्।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *