काठमाडाैं। नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले उच्चस्तरीय जाँचबुझ आयोगसमक्ष बयान दिएका छन्। सोमबार साढे दुई घण्टा बयान दिएका लेखकले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा गृहमन्त्रीको हैसियतमा गरेका कामकारबाहीबारे स्पष्टीकरण दिएका हुन्।
लेखकले आयोगमा पदाधिकारीहरूले सोधेका प्रश्नको मौखिक जवाफ दिनुका साथै लिखित जवाफ पनि पेश गरेका छन्। उनले आन्दोलनअघिल्लो दिन बसेको सुरक्षा समितिको बैठकमा प्रदर्शनमा बल प्रयोग नगर्न स्पष्ट निर्देशन दिएको बताए।
उनले भने, “सुरक्षा निकायलाई मैले गृहमन्त्रीको हैसियतले तीन कुरा भनेको थिएँ—पहिलो कुनै हताहति नहोस् दोस्रो, समन्वयात्मक रूपमा शान्ति सुरक्षाको उचित व्यवस्था मिलाउनू र तेस्रो प्रदर्शनमा घुसपैठ हुन सक्ने भएकाले सतर्क रहनू।
आयोगमा पेस गरेको जवाफको प्रतिलिपी उनले सार्वजनिक पनि गरेका छन् ।







