नेप्सेमा दोहोरो अंकको गिरावट, ४ अर्ब ७७ करोडको कारोबार

काठमाडाैं। आज साताकाे दोस्रो काराेबारकाे दिन सेयर बजार दाेहाेराे अंकले घटेकाे छ। नेप्से परिसूचक १०.५३ अंकले घटेर २६२२.८८ को विन्दुमा बन्द भएको छ ।

आज ३३७ कम्पनीको शेयर किनबेच हुँदा ४ अर्ब ७७ करोडको शेयर कारोबार भएको छ । आज ८५ कम्पनीको शेयर मूल्य बढेको छ भने १६५ कम्पनीको घटेको छ ।

आज सबैभन्दा धेरै एसवाई प्यानलको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २३ करोड २ लाखको शेयर कारोबार भएको छ । मञ्जुश्री फाइनान्सको १७ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको १३ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै एसवाई प्यानलका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । ग्लोबल आइएमई सम्मुनत योजनका इकाईधनीले ९.९४ प्रतिशतका दरले कमाउका छन् । कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ६.७६ प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै विन नेपाल लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *