प्रि ओपन सेसनमा सामान्य अंक घट्यो नेप्से

काठमाडाैं । बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ। सेसनमा ०.२३ अंक घटेर २६१३.८४ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.३८ अंक घटेको छ।

बुधबार प्रि ओपन सेसनमा ५७ स्टकको १६६ पटकको कारोबारमा ३४ लाख ९२ हजार ९८४ रुपैयाँ ४० पैसाबराबरको ६ हजार ७०७ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २० स्टकको मूल्य बढेको छ भने ३२ स्टकको मूल्य घटेको छ। बाँकी ५ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *