कांग्रेस नेताहरुलाई कार्यकर्ताले कार्यालयमै थुने

सत्ता गठबन्धनको निर्णय अमान्य भन्दै कांग्रेस कार्यकर्ताले जिल्ला समिति कास्कीका पदाधिकारीलाई कार्यालयभित्रै थुनिदिएका छन्।

पोखरा महानगरको मेयरको उम्मेदवार कांग्रेसले पाउनुपर्ने भन्दै सुरुदेखि नै माग राख्दै आएका कार्यकर्ताले जिल्ला समितिको पदाधिकारी बैठक बसिरहेको बेला नेताहरुलाई कार्यालयभित्रै थुनिदिएका हुन्।  पोखराको मेयरको उम्मेदवार नेकपा एकीकृत समाजवादीले पाउने  सहमति भईसकेको छ तर कांग्रेसका कार्यकर्ताले  यो निर्णयको विरोध गर्दै आएका छन्।

कांग्रेस कास्कीका सहसचिव नवीन सिग्देलले भित्र बैठक बसिरहेको बेला आफूहरुलाई बाहिरबाट कार्यकर्ताले थुनिदिएको बताएका हुन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *