धितोपत्र बोर्डका आन्दोलनरत कर्मचारी र अर्थ मन्त्रालयबीच सहमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डका आन्दोलनरत कर्मचारी र अर्थ मन्त्रालयबीच आज बिहान भएको वार्तामा सहमति भएको छ। आज बिहान अर्थ मन्त्रालयमा भएको वार्तामा बोर्डका कर्मचारी र अर्थ मन्त्रालयबीच सेवा–सुविधा खारेजीसम्बन्धी निर्णय पुनरावलोकन गर्ने सहमति भएको हो।

सहमतिअनुसार अर्थ मन्त्रालयले कर्मचारीको सेवा सुविधा खारेजीसम्बन्धी निर्णय पुनरावलोकन गर्ने र कर्मचारीहरूले पछिल्ला ४८ दिनदेखि जारी आन्दोलन स्थगित गरी नियमित काममा फर्किने भएका छन्। तर, लिखित सहमति नभएसम्म कर्मचारीहरूले दैनिक एक घण्टाको धर्ना कार्यक्रम यथावत् राखिनेछ।

वार्तामा अर्थ मन्त्रालयतर्फबाट सम्बन्धित महाशाखा प्रमुख महेश आचार्य र मन्त्रालयका प्रतिनिधि उत्तमकुमार खत्री र धितोपत्र बोर्डतर्फ दुवै कर्मचारी यूनियनका प्रतिनिधिहरूको सहभागी थिए।

अर्थ मन्त्रालयले धितोपत्र बोर्ड कर्मचारी कल्याण कोष कार्यविधि,२०७१ र नेपाल धितोपत्र बोर्ड कर्मचारी सुरक्षण कोष (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ तत्काल खारेज गर्न निर्देशन दिएको थियो।  प्रचलित कानुन विपरीत बनेका कार्यविधिको आधारमा विगतमा कोषबाट भुक्तानी भएको रकम सम्बन्धित व्यक्तिबाट सरकारी बाँकी सरह असुल उपर गर्न तत्काल कार्य प्रक्रिया सुरु गर्नु पर्ने भनिएपछि सोही निर्देशन विरुद्ध कर्मचारी २४ दिन देखि निरन्तर विरोधमा थिए।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *