जेनजी प्रतिनिधिले भने- ‘चुनाव भनेर मात्रै हुँदैन, भ्रष्टाचारविरुद्धको कारबाही मुख्य एजेन्डा हो’

काठमाडौँ । सरकार र मुख्य राजनीतिक दलका प्रतिनिधिहरूसँग त्रिपक्षीय वार्तामा जेनजी प्रतिनिधिहरूले आफ्ना मागहरूमा ध्यानाकर्षण गराएका छन् । उनीहरूले तोकिएको मितिमा चुनाव चाहिएको भन्दै आन्दोलनको मुख्य एजेन्डा नै सुशासन भएको भन्दै दलका प्रतिनिधि र सरकारको ध्यानाकर्षण गराएका हुन् ।

जेनजी प्रतिनिधिहरूले भने, ‘चुनाव चाहिएको छ, गर्नुपर्छ तर चुनाव(चुनाव भनेर मात्र हुँदैन । हाम्रो आन्दोलनको मुख्य माग सुशासन हो । भ्रष्टाचारविरुद्धको कारबाही हो। यी दुवै एजेन्डामा सरकार सँगसँगै अगाडि बढ्नुपर्छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *