केरला । शबरीमाला यात्राका लागि पुगेकी राष्ट्रपति द्रौपदी मुर्मुको हेलिकप्टरको पाङ्ग्रा बुधबार बिहान अवतरण गर्ने क्रममा भर्खरै बनेको कङ्क्रिट हेलिप्याडमा धसिएको छ। समाचार एजेन्सी पीटीआईका अनुसार, यो घटना प्रमादम स्थित राजीव गान्धी इन्डोर स्टेडियममा बनेको अस्थायी अवतरण स्थलमा भएको हो।
राष्ट्रपति मुर्मु सडक मार्गबाट पम्बा प्रस्थान गरिसकेपछि टेलिभिजन च्यानलहरूमा यसको दृश्यहरू प्रसारित भएका थिए। जसमा धेरै प्रहरी र दमकलका कर्मचारीहरूले हेलिकप्टरको पाङ्ग्रालाई बाहिर निकाल्न धकेलिरहेको देखिएको थियो।
जिल्लाका एक वरिष्ठ प्रहरी अधिकारीले बताए अनुसार, हेलिकप्टर अवतरणका लागि उक्त स्टेडियमलाई अन्तिम क्षणमा तय गरिएको थियो। यस कारण हेलिप्याड मंगलबार ढिलो रातमा मात्र बनाइएको थियो।
Artha Sanjal






