काठमाडौँ । जेनजी आन्दोलनका क्रममा जिल्ला कारागार कार्यालय, कास्कीबाट भागेका ८३ कैदी बन्दी पक्राउ परेका छन् । जिल्ला प्रहरीका अनुसार कास्की प्रहरीसहित अन्य प्रहरी कार्यालयले पक्राउ गरेका फरार कैदी बन्दीको संख्या जोड्दा १२१ पुगेको हो ।
कास्की जिल्लाका विभिन्न प्रहरी युनिटले पक्राउ गरेको संख्या ८३ हो । त्यसअन्तर्गत जबरजस्ती करणी मुद्दाका १७, लागू औषधका १,चोरीका २५ जना, कर्तव्य ज्यानका ८, ज्यान मार्ने उद्योगका ९ जना, अभद्र व्यवहारका ४, सवारी अंगभंगका १ र कुटपिटबाट अंगभंगका १ छन् ।
त्यसबाहेक तनहुँबाट २६, स्याङ्जाबाट ३ जना, गोरखाबाट ६, लम्जुङबाट २, म्याग्दीबाट १ जना छन् । कास्कीमा कैद भएर भागेपछि अन्यत्र कारागार कार्यालयमा गई हाजिर हुनेको संख्या ३६ रहेको प्रहरीले जनाएको छ ।
यसअघि पक्राउ संख्या जोड्दा १५७ जना पुगेको छ ।






