नबिल स्टक डिलरले सेयरधनीलाई १० प्रतिशत नगद लाभांश दिने

काठमाडाैं। नबिल स्टक डिलर लिमिटेडको चौथो वार्षिक साधारणसभा असोज ३१ गते (शुक्रबार) कम्पनीको रजिष्टर्ड कार्यालय तिनधारा, दरबारमार्ग, काठमाडौँमा सम्पन्न भएको छ । सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ । साथै, सो आर्थिक वर्षका लागि १० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पनि स्वीकृत गरिएको कम्पनीले जनाएको छ ।

त्यसैगरी, आगामी आर्थिक वर्ष २०८२/८३ का लागि श्री पी. जे. पी. एन एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्ट्स लाई लेखापरीक्षकका रूपमा पुनः नियुक्त गर्ने प्रस्ताव समेत सभाले पारित गरेको छ ।

नबिल स्टक डिलर लिमिटेड, नबिल बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *