काठमाडाैं । गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा भएको आगजनी तथा तोडफोडका कारण बीमित सम्पत्तिहरूमा परेको क्षतिप्रति सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले हालसम्म १ अर्ब २६ करोड रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरिसकेको छ ।
कम्पनीका अनुसार ३५७ वटा बीमा दाबीमध्ये १०५ वटा दाबी पूर्ण तथा अग्रिम रुपमा भुक्तानी गरिएका छन्। कुल प्रारम्भिक दाबी रकम ५ अर्ब ४९ करोड पुगेको थियो ।
प्रतिकुल परिस्थितिमा पनि सधैँ विमितको साथमा रहने विमितको आकांक्षा अनुरुप सेवा प्रवाह गर्न निरन्तर लागि परेको हुदा , बीमितको क्षती भएको सम्पत्तीको बीमा दावी फछ्र्यौट गरी बीमितहरुको आर्थिक क्षतीको पुनःस्थापना गर्न कम्पनी प्रतिवद्ध रहेको कम्पनीले जनाएकाे छ ।







