सिद्धार्थ बैंकका ग्राहकलाई जर्मन होम्स् प्रालिमा १० प्रतिशत छुट

काठमाडौं । सिद्धार्थ बैंक र जर्मन होम्स् प्रा. लि. बीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौताअनुसार बालकोट, भक्तपुरस्थित जर्मन होम्स्मा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा १० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् । यस सम्झौताले ग्राहकहरुलार्ई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’को फोन ०१–५९७००२० र इमेल customercare@sbl.com.np मा सम्पर्क गर्न सकिने जनाइएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *