काठमाडाैं। साताकाे पहिलाे काराेबारकाे दिन शेयर बजार उच्च अंकले घटेको छ। नेप्से परिसूचक ७८.८३ अंकले घटेर २५०३.३५ को विन्दुमा बन्द भएको छ ।
आज ३२४ कम्पनीको शेयर किनबेच हुँदा ६ अर्ब ७० करोड रुपैयाँको शेयर कारोबार भएको छ । आज ९ कम्पनीको शेयर मूल्य बढेको छ भने २४२ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३८ करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनएलजी इन्स्योरेन्स कम्पनीको ३७ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।यूनियन हाइड्रोपावरको ३६ करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका हुन् । पञ्चकन्या माई हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ४.९० प्रतिशतका दरले कमाएका छन् । सिटिजन्स बैंक डिबेञ्चरका इकाईधनीले ३.९७ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै बुटवल पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ प्रतिशतका दरले गुमाएका हुन् ।






