काठमाडाैं । आन्दोलनको मारमा पनि उद्योगी नै पर्ने, सरकारले पनि उद्योगीलाई नै पेल्ने भएपछि कसरी उद्योग चलाउन सकिएला! अब उद्योग बन्द गर्ने बाहेक कुनै विकल्प छैन,’ साहुले भने, ‘गल्ती प्राधिकरणले गर्ने, हामीले सजाय भोग्ने हुन सक्दैन। अरूले गरेको गल्तीको सजाय भोग्ने कलियुगको कर्ण हामी बन्नु पर्ने यस्तो हुन सक्दैन!’
उद्योगले नियमित र समयमै महसुल बुझाउँदै आएको अवस्थामा ट्रंकलाइन प्रयोग गरेको र पहिले महसुल छुटेको भन्दै रकम असुल्न खोजिएको उनले बताए।
‘हामीले प्राधिकरणसँग डेडिकेटेड तथा ट्रंकलाइनमार्फत विद्युत दिनू भनेर कुनै निवेदन पनि दिएका छैनौं। त्यो बेलाको महसुल समयमै बुझाएर त्यसवापत् नियमित छुट समेत लिएका छौं। तर पछि छुटेको भनेर असुल्न खोजिएको छ। यसरी उद्योग चलाउन सकिँदैन,’ उनले भने।
Artha Sanjal






