एसिया कप : पाकिस्तानका कप्तान सलमानले एसीसी अध्यक्षकै अगाडि फ्याँकिदिए पुरस्कारको चेक

काठमाडाैं। एसिया कप २०२५ को फाइनलमा भारतसँग हारेपछि पाकिस्तानका कप्तान सलमान अली आगाले केही यस्तो काम गरे जसको व्यापक चर्चा भइरहेको छ। खेलपछिको प्रस्तुति समारोहमा चेक प्राप्त गरेपछि आगाले त्यसलाई भुइँमा फ्याँकिदिएका हुन् ।  उनले चेक भुइँमा फ्याँक्दा एसीसी अध्यक्ष तथा पीसीबी अध्यक्ष मोहसिन नक्वी पनि त्यहाँ उपस्थित थिए। यसपछि सलमान आगा अन्तर्वार्ता दिन अगाडि बढे। कप्तान सलमान अली आगाले पनि ‘ट्रफी विवाद’ मा प्रतिक्रिया दिएका छन्। यो विवादले उनको प्रदर्शन ओझेलमा पर्छ कि भनेर सोध्दा उनले भने, ‘हामी सधैं आलोचित हुन्छौं। क्रिकेट बुझ्ने मानिसहरूले क्रिकेटको बारेमा मात्र कुरा गर्छन्।’

उनले भने, ‘बाँकी कुराहरू गौण छन्। हामीलाई थाहा छ कि यस प्रतियोगितामा हाम्रो ब्याटिङ जस्तो हुनुपर्थ्यो त्यस्तै थिएन र हामीले सुधार गर्नुपर्ने कुराहरू के के हुन्। हामी त्यसमा मात्र ध्यान केन्द्रित गर्छौं। हामी अन्य कुराहरूमा ध्यान दिँदैनौं।’

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *