करोडौंको क्षति बेहोर्दा पनि भाटभटेनीले कर्मचारी नहटाउने

काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा देशभरका १२ वटा भाटभटेनी सुपरस्टोरमा भएको आगजनी, तोडफोड र लुटपाटबाट करिब करोडौंको क्षति पुगे पनि कुनै पनि कर्मचारीले जागिर गुमाउनु नपर्ने कम्पनीले जनाएको छ।

१० हजारभन्दा बढी कर्मचारी कार्यरत रहेको भाटभटेनी सुपरमार्केटले आन्दोलनका कारण केही स्टोरहरू अझै सञ्चालनमा आउन नसके पनि सबै कर्मचारीलाई यथावत राख्ने निर्णय गरेको हो ।

हालसम्म भाटभटेनीका १६ वटा सुपरस्टोर पुनः सञ्चालनमा आएका छन् भने १२ वटा स्टोर अझै बन्द अवस्थामा छन् । बन्द स्टोरका कर्मचारीलाई सञ्चालनमा रहेका स्टोरहरूमा खटाइएको कम्पनीले जनाएको छ ।

भाटभटेनीका अनुसार आन्दोलनमा भएको क्षति अत्यन्त ठूलो भए पनि मानव संसाधनको सुरक्षा कम्पनीको प्राथमिकता रहेको स्पष्ट गरिएको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *