जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आफू कुनै पनि हालतमा राजीनामा नदिने स्पष्ट पारेका छन्। संविधान दिवसको अवसरमा शुक्रबार मधेस भवनमा आयोजित कार्यक्रममा बोल्दै उनले संविधान र संघीयताको रक्षाका लागि पदमा अडिग रहने घोषणा गरे।
मुख्यमन्त्री सिंहले भने, ‘म संघीयता र संविधानको रक्षा गर्न पदमा अडिग रहेको छु । केही साथीले चाहेका भरमा म राजीनामा दिन्नँ । म सदन सामना गर्न तयार छु । संसदबाट विश्वासको मत पाउन नसकेमात्र पद छोड्छु ।’
उनले भदौ २४ गते जेनजी पुस्ताको आन्दोलनका क्रममा संघीयताले सिर्जना गरेको सम्पत्तिलाई आफ्नो कारणले क्षति नगरोस् भन्ने भावनाले सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गरेको जिकिर गरे । हाल आफू दृढतापूर्वक पदमा रहने उनको भनाइ छ ।
Artha Sanjal






