त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साँझ ६ बजेसम्मलाई बन्द

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार साँझ ६ बजेसम्मलाई बन्द भएको छ ।

विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार विषम परिस्थितिका कारण यात्रुको आवतजावत सहज नभएको भन्दै विमानस्थल बन्द गर्नुपरेको हो ।

देशैभर कर्फ्यु लागेको र अत्यावश्यक काम बाहेक घरबाट बाहिर नजान नेपाली सेनाले निर्देशन गरेका कारण आज पनि विमानस्थल बन्द भएको छ ।

मंगलबारदेखि ठप्प भएको आन्तरिक उडान आज बुधबार पनि नहुने भएको छ । भएको उडान रद्दबाट यात्रुवर्गमा पर्न गएको असुविधाका लागि हामी क्षमाप्रार्थी भएको पनि बुद्ध एयरले जानकारी दिएको छ ।

 

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *