काठमाडौं । सरकारले नेपाल प्रहरीको ३२औं महानिरीक्षक (आईजीपी)मा चन्द्रकुवेर खापुङलाई नियुक्त गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ १९ गतेदेखि लागू हुने गरी उनलाई महानिरीक्षक नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।
वर्तमान आईजीपी दीपक थापा यही भदौ १७ गते मध्यरातिबाट अनिवार्य अवकाशमा जाँदैछन् । त्यसपछि खापुङको नियुक्त लागू हुनेछ ।
Artha Sanjal






