काठमाडौं । टीसीएलले फ्रीस्टाइल स्कीयर एइलिन गुलाई ग्लोबल ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । यो नियुक्ति, टीसीएलको विश्वव्यापी ओलम्पिक साझेदारको रूपमा ओलम्पिकलाई सशक्त बनाउन प्रतिबद्धताको हिस्सा रहेको कम्पनीले जनाएको छ ।
१८ वर्षको उमेरमा फ्रीस्टाइल स्कीइङमा सबैभन्दा कान्छी ओलम्पिक च्याम्पियन बन्ने र एउटै हिउँदे ओलम्पिक खेलमा तीन पदक जित्ने पहिलो स्कीयरका रूपमा एइलिन टीसीएलको नारा ‘इन्सपायर ग्रेटनेस’ लाई उत्कृष्ट ढंगले प्रतिनिधित्व गर्छिन् ।
‘म टिम टीसीएलको ग्लोबल ब्रान्ड एम्बासेडरको रूपमा यो नयाँ भूमिकामा आउन पाउँदा उत्साहित छु,’ गुले भनिन्, ‘टीसीएलले पनि साहस र उत्साहमार्फत विश्वलाई परिवर्तन गर्ने अभियानमा विश्वास राख्छ । म प्रत्येक पटक स्की गर्ने क्रममा प्रगतिको खोजी गर्छु, र टीसीएल ले पनि आफ्ना नवप्रवर्तनमार्फत त्यही भावना प्रदर्शन गर्छ ।’






