भारतलाई थप ८० मेगावाट विद्युत् निर्यातको अनुमति, कुल निर्यात ११३०.९ मेगावाट पुग्यो

काठमाडौं । भारतले नेपालका मेवा खोला (४८.५ मेगावाट) र करुवा सेती (३१.०४ मेगावाट) जलविद्युत् आयोजनाबाट उत्पादन भएको थप ८० मेगावाट विद्युत् खरिद गर्न अनुमति दिएको छ । यससँगै नेपालबाट निर्यात हुने विद्युतको कुल परिमाण ११ सय मेगावाटभन्दा बढी भएको छ ।

यसअघि अनुमति प्राप्त १०१०.९ मेगावाट र थपिएको ८० मेगावाट गरी कुल भारत निर्यात क्षमता १०९०.९ मेगावाट पुगेको हो ।

नेपालबाट भारतको बाटो हुँदै ४० मेगावाट विद्युत बंगलादेश निर्यात भइरहेको छ । यी सबै गरेर नेपालबाट कुल निर्यात हुनसक्ने परिमाण ११ सय ३० दशमलव ९ मेगावाट पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

पछिल्लो अनुमति २१ अगस्ट २०२५ देखि ३१ अक्टोबर २०२६ सम्मका लागि मान्य हुनेछ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *